+

तिलगंगा आँखा प्रतिष्ठानमा महिला पत्रकारको निःशुल्क आँखा जाँच

२०८२ साउन  २८ गते १९:०१ २०८२ साउन २८ गते १९:०१
तिलगंगा आँखा प्रतिष्ठानमा महिला पत्रकारको निःशुल्क आँखा जाँच

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिलगंगा आँखा प्रतिष्ठानले महिला पत्रकारको निःशुल्क आँखा परीक्षण र विशेष सचेतना कार्यक्रम आयोजना गरेको छ।
  • डा. रीता गुरुङले डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले महिला पत्रकारमा आँखाको समस्या हुने बताउनुभयो।

२८ साउन, काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले महिला पत्रकारको आँखा जाँच तथा विशेष सचेतना कार्यक्रम आयोजना गरेको छ । बुधबार तिलगंगास्थित प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न सञ्चार माध्यमका महिला पत्रकारहरूको उपस्थिति थियो ।

उनीहरूको निःशुल्क आँखाको परीक्षण गरियो । साथै आँखा स्वास्थ्य तथा आँखा जोगाउने उपाउबारे विशेषज्ञहरूसँग अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले डिजिटल स्क्रिनको अत्यधिक प्रयोग र वातावरणीय जोखिमले महिला पत्रकारहरूमा आँखाको समस्या हुने बताइन् । नियमित आँखा परीक्षण र सचेतनाले दीर्घकालीन दृष्टि समस्याबाट बच्न सकिने उनले बताइन् ।

कार्यक्रम क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा आयोजना गरिएको हो । दृष्टि गुमाएका वा जोखिममा परेका व्यक्तिहरूलाई उपचार सेवा पु¥याउने योजना अनुुरुप प्रोजेक्टले लामो समयदेखि तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै आएको छ ।

क्योर ब्लाइन्डनेस पुनम भण्डारीले नेपालमा ३ लाखभन्दा बढी मानिसलाई असर पु¥याउने र करिब १० लाख मानिस जोखिममा राख्ने अन्धोपनको समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

महिला पत्रकारहरूसँगको यो पहलले स्वास्थ्य क्षेत्रमा सञ्चारमाध्यमको भूमिकालाई समेत सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा रहेको तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले बताइन्।

आँखा जाँच महिला पत्रकार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिन्ताले पार्छ शरीरमा यस्ता प्रभाव, कति घातक ?

चिन्ताले पार्छ शरीरमा यस्ता प्रभाव, कति घातक ?

अस्पतालमा दिइने सुईको आविष्कार कसरी भयो ? जानौं इतिहास

अस्पतालमा दिइने सुईको आविष्कार कसरी भयो ? जानौं इतिहास

कुन उमेरमा गर्भधारण गर्दा के-के हुन्छ फाइदा, बेफाइदा ?

कुन उमेरमा गर्भधारण गर्दा के-के हुन्छ फाइदा, बेफाइदा ?

अस्पतालैपिच्छे रहेका विकास समिति पुनर्संरचना गर्नुपर्छ

अस्पतालैपिच्छे रहेका विकास समिति पुनर्संरचना गर्नुपर्छ

मानसिक स्वास्थ्यका लागि अदृश्य औषधि

मानसिक स्वास्थ्यका लागि अदृश्य औषधि

सर्पले मस्तिष्कबाट जति नजिक टोक्यो त्यति छिटो शरीरमा विष फैलिन्छ

सर्पले मस्तिष्कबाट जति नजिक टोक्यो त्यति छिटो शरीरमा विष फैलिन्छ