+

एक पटक निको भइसकेपछि क्यान्सर फेरि किन फर्किन्छ ?

२०८२ भदौ  ३ गते ११:३२ २०८२ भदौ ३ गते ११:३२
Shares
एक पटक निको भइसकेपछि क्यान्सर फेरि किन फर्किन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यान्सरको पुनरावृत्ति जैविक, आनुवंशिक, जीवनशैली र वातावरणीय कारणले हुन सक्छ भने उपचारपछि केही क्यान्सर कोषहरू सक्रिय हुन सक्छन्।
  • फोक्सो, स्तन, आन्द्रा, छाला र प्रोस्टेट क्यान्सर फेरि देखिनुको मुख्य कारणमा धूम्रपान, प्रदूषण, आनुवंशिकता, असन्तुलित आहार र हर्मोनल परिवर्तन छन्।
  • क्यान्सरको पुनरावृत्ति रोक्न सन्तुलित आहार, नियमित व्यायाम, धूम्रपान र मद्यपानबाट बच्नुपर्ने र समय–समयमा स्वास्थ्य जाँच आवश्यक छ।

क्यान्सर भयो भन्ने सुन्दा बिरामीलाई जुन तहको दु:ख महसुस हुन्छ निको भयो भनेको सुन्दा त्यही खालको सुख, आनन्द महसुस हुन्छ ।

तर कहिलेकाहीँ त्यही रोग केही वर्ष वा महिनापछि फेरि देखिन्छ ।  बिरामी र उनको परिवारका लागि यो क्षण निकै तनावपूर्ण र पीडादायी हुन्छ । त्यसैले, क्यान्सर किन दोहोरिन्छ ? भन्ने प्रश्न सबैको मनमा उठ्छ ।

जीवनशैली र स्वास्थ्यको सम्बन्ध

पछिल्ला वर्षमा हाम्रो जीवनको गति निकै तीव्र भएको छ ।  बिहानैदेखि बेलुकीसम्म कम्प्युटर वा अफिसको कुर्सीमा बस्ने, मोबाइल स्क्रिनमा घण्टौँ बिताउने, राति अबेरसम्म अनिदो बस्ने, बिहान ढिलो उठ्ने । यी सबै बानीहरूले हाम्रो शरीरको प्राकृतिक लयलाई भङ्ग गर्छन् ।

त्यसमाथि, सजिलो र छिटो खानपानको खोजीले हामीलाई प्रशोधित खाना र उच्च चिल्लो पदार्थतर्फ धकेलेको छ । यसले तौल बढाउने मात्र होइन, शरीरमा निरन्तर सुन्निने समस्या उत्पन्न गर्छ, जुन क्यान्सरको प्रमुख कारक मध्ये एक हो ।

क्यान्सर किन फर्किन्छ ?

क्यान्सर भनेको कुनै एउटा निश्चित कारणले मात्र हुने रोग होइन । यसमा धेरै कारकहरूको भूमिका हुन्छ जैविक कारण शरीरको कोषहरूको असामान्य वृद्धि, वंशाणुगत कारण (परिवारबाट सरेको जिनमा भएको परिवर्तन), जीवनशैलीका कारणः खानपान, बानी, व्यायामको कमी वातावरणीय कारण उपचारपछि पनि शरीरमा केही क्यान्सर कोषहरू लुकेर बाँकी रहन सक्छन् । समयसँगै ती फेरि सक्रिय भई रोगलाई पुनः जन्म दिन सक्छन् ।

फरक–फरक क्यान्सर पुनरावृत्तिका कारण

१. फोक्सोको क्यान्सर

फोक्सोको क्यान्सर फेरि देखिनुका मुख्य कारणहरूमा धूम्रपान, प्रदूषण र आनुवंशिक प्रवृत्ति समावेश छन् ।  यदि बिरामीले पहिले धूम्रपान गरेको थियो वा लामो समयसम्म प्रदूषित वातावरणमा बसेको छ भने, क्यान्सर फेरि विकास हुने सम्भावना बढ्छ ।

यसबाहेक, प्रारम्भिक चरणमा क्यान्सरको सही पहिचान नहुनु पनि यो दोहोरिनुको कारण बन्न सक्छ ।

२. स्तन क्यान्सर

महिलाहरूमा स्तन क्यान्सर दोहोरिनुको जोखिम ती बिरामीहरूमा बढी हुन्छ, जसको परिवारमा क्यान्सरको हिस्ट्री छ । हर्मोनल परिवर्तन, उमेर र जीवनशैलीजस्ता कारकहरू पनि यसका लागि जिम्मेवार छन् ।

शल्यक्रिया वा केमोथेरापी पछि पनि यदि जीवनशैलीमा सुधार गरिएन, जस्तै: सन्तुलित आहार खाइएन, नियमित व्यायाम गरिएन भने पनि क्यान्सर फेरि विकास हुने जोखिम रहन्छ ।

३. आन्द्रा एवं मलद्वारकाे क्यान्सर

आन्द्रा एवं मलद्वारकाे क्यान्सर बारम्बार हुनुका पछाडि मुख्य कारणहरूमा आन्द्रा सुन्निनु, असन्तुलित आहार र मोटोपना छन् । रातो मासु र चिल्लो खानेकुराको अत्यधिक सेवन, साथै फाइबरको कमीले आन्द्रामा क्यान्सर फेरि बल्झिने सम्भावना बढ्छ । यसबाहेक, बिरामीमा पहिलेदेखि नै रहेका केही आनुवंशिक मार्करहरू पनि यो दोहोरिन जिम्मेवार हुन सक्छन् ।

४. छालाको क्यान्सर

छालाको क्यान्सरमा सूर्यको किरणको अत्यधिक प्रभाव, छालामा चोट र आनुवंशिक प्रवृत्ति मुख्य कारणहरू हुन् ।  यदि बिरामीले आफूलाई सूर्यको हानिकारक युभी किरणहरूबाट पूर्णरूपमा सुरक्षित राख्दैन भने, छालाको क्यान्सर बारम्बार फर्किन सक्छ ।  विशेष गरी संवेदनशील छाला भएका व्यक्तिहरूमा यो जोखिम बढी हुन्छ ।

५. प्रोस्टेट क्यान्सर

पुरुषहरूमा प्रोस्टेट क्यान्सर दोहोरिनु मुख्य रूपमा उमेर, हार्मोनल परिवर्तन र आनुवंशिक कारणहरूसँग सम्बन्धित छ ।  प्रोस्टेट क्यान्सर प्रायः बिस्तारै बढ्छ र प्रारम्भिक चरणमा यसको पहिचान नहुने साथै हर्मोनल असन्तुलनले यसलाई फेरि देखिन प्रेरित गर्न सक्छ ।

सावधानीहरू

क्यान्सर बारम्बार हुने जोखिम कम गर्न सन्तुलित आहार सेवन र नियमित व्यायाम गर्नुपर्छ । धूम्रपान र मध्यपान सेवनबाट बच्ने, तनाव कम गर्ने र पर्याप्त निद्रा लिने कुरा अत्यन्त आवश्यक छ ।

साथै, समय–समयमा स्वास्थ्य जाँच र प्रारम्भिक लक्षणहरूमा ध्यान दिनाले क्यान्सरको पुनरावृत्ति अर्थात् फेरि हुने सम्भावनालाई रोक्न मद्दत गर्छ ।

विभिन्न अङ्गहरूमा बारम्बार क्यान्सर हुनुको पछाडि जैविक, आनुवंशिक, जीवनशैली र वातावरणीय कारणहरू जिम्मेवार छन् । प्रारम्भिक पहिचान, सही उपचार र स्वस्थ जीवनशैली अपनाउँदा पुनरावृत्तिको सम्भावना धेरै हदसम्म कम गर्न सकिन्छ ।

बिरामी र उनका परिवारले सतर्क रहनु, समयमै चिकित्सकसँग परामर्श लिनु र नियमित जाँच गराउनु आवश्यक हुन्छ ।

क्यान्सर
डा. अरुण शाही
लेखक
डा. अरुण शाही
क्यान्सररोग विशेषज्ञ

डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र महामारी विज्ञानमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर  १०९५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एक पटक निको भइसकेपछि क्यान्सर फेरि किन फर्किन्छ ?

एक पटक निको भइसकेपछि क्यान्सर फेरि किन फर्किन्छ ?

‘घुर्ने समस्याले थाहै नपाई भित्रभित्रै शरीरका भागहरू बिगार्न सक्छ’ (भिडियो)

‘घुर्ने समस्याले थाहै नपाई भित्रभित्रै शरीरका भागहरू बिगार्न सक्छ’ (भिडियो)

ग्यास र एसिडिटी बढाउने यी ७ कारण, जसलाई धेरैले गर्छन् बेवास्ता

ग्यास र एसिडिटी बढाउने यी ७ कारण, जसलाई धेरैले गर्छन् बेवास्ता

हर्मोनल सन्तुलनका लागि किन आवश्यक छ ७ घण्टा निद्रा ?

हर्मोनल सन्तुलनका लागि किन आवश्यक छ ७ घण्टा निद्रा ?

प्रसूति गृहको इतिहासदेखि आधुनिक सेवासम्मको यात्रा

प्रसूति गृहको इतिहासदेखि आधुनिक सेवासम्मको यात्रा

यी हुन् पेटमा बढी ग्यास उत्पन्न गर्ने खानेकुरा

यी हुन् पेटमा बढी ग्यास उत्पन्न गर्ने खानेकुरा