+
+
Shares

वर्षालाई लिएर शनिबार हल भिजिटमा पुगे माग्ने बुढा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'माग्ने राजा'ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको छ र शनिबार बिहानैदेखि हाउसफुल व्यापार गर्न सफल भएको निर्माता बताउँछन्।
  • कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी र निर्देशक ऋषि लामिछानेले भक्तपुरस्थित क्यूएफएक्स हलमा दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया बुझेका छन्।
  • निर्देशक लामिछानेले तीजपछि महिला दर्शकको उपस्थिति बढ्ने विश्वास व्यक्त गर्नुभएको छ र वितरकले फिल्मले आकर्षक कमाइ गर्ने अपेक्षा गरेका छन्।

काठमाडौं । निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘माग्ने राजा’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको छ । यद्यपि, कमाइको औपचारिक आँकडा आउन बाँकी छ ।

शुक्रबार मध्यान्न यताको लयलाई कायम राख्दै फिल्मले शनिबार भने बिहानैदेखि हाउसफुलको व्यापार गर्न सफल भएको निर्माता बताउँछन् ।

सप्ताहन्तमा फिल्म प्रवर्धन गर्नको लागि कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने हल दौडाहामा छन् । शनिबार भक्तपुरस्थित क्यूएफएक्सको हलमा भेटिएका उनीहरूले दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया बुझे ।

दर्शकले फिल्मले दिएको सन्देश मन परेको प्रतिक्रिया दिएको निर्देशक लामिछानेले बताए । कतिपय दर्शकले केदारलाई जुरुक्कै बोकेर खुसीले नाराबाजी गरेको देखिएकोे छ ।

कलाकार घिमिरे पनि आफूजस्तो भुइँमान्छेलाई दर्शकको आशीर्वादले उत्साहित बनाएको बताउँछन् । आगामी दिनमा अझै राम्रो फिल्ममा काम गर्नुपर्ने चुनौति थपिएको उनको बुझाइ छ ।

वितरक रोहित कट्टेलले यो फिल्मले ‘ऊनको स्विटर’पछि दर्शक पाएको दाबी गरे । उनले तीजको मुख्य बिदा बाँकी नै रहेकाले फिल्मले आकर्षक कमाइ गर्ने अपेक्षा व्यक्त गरे ।

निर्देशक लामिछाने पनि तीज पछि फिल्मका दर्शक बढ्ने विश्वासमा छन् । अहिले हलमा महिला दर्शकको उपस्थिति पातलो रहेको र तीजपछि यसमा बढोत्तरी हुने बताउँछन् । फिल्मलाई मुनाल घिमिरेले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?