+
+
Shares

ललितपुर ग्वार्कोमा ‘भीजी सुजुकी शोरुम’, विशेष एक्स्चेन्ज अफर

सोमबार एक विशेष समारोहबीच गुणा सिनेमा हल अगाडि अवस्थित उक्त नयाँ शोरुमको उद्घाटन गरिएको छ । शोरुम उद्घाटन भीजी अटोमोबाइल्स प्रालिका महाप्रबन्धक पारस जैनले गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १९:३६

१६ भदौ, काठमाडौं । सुजुकीका दुई पाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले आफ्नो सेवा सञ्जाल विस्तार गर्दै ललितपुर ग्वार्कोमा नयाँ ‘भीजी सुजुकी’ शोरुम सञ्चालनमा ल्याएको छ ।

सोमबार एक विशेष समारोहबीच गुणा सिनेमा हल अगाडि अवस्थित उक्त नयाँ शोरुमको उद्घाटन गरिएको छ । शोरुम उद्घाटन भीजी अटोमोबाइल्स प्रालिका महाप्रबन्धक पारस जैनले गरे ।

उद्घाटनमा कम्पनीले ग्राहकका लागि आकर्षक अफर पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्स्चेन्ज गर्दा छानिएका सुजुकीका नयाँ मोडेलमा ५० हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले सम्पूर्ण सुजुकीप्रेमी तथा इच्छुक ग्राहकलाई नयाँ शोरुम भ्रमण गरी सुजुकीका मोटरसाइकल र स्कुटरको विस्तृत रेन्ज अवलोकन गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?