
१६ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रूपन्देही–३ उपनिर्वाचनको उम्मेदवार चयन गर्ने अधिकार जिल्ला कमिटीलाई दिने निर्णय गरेको छ ।
नाउपा केन्द्रीय सदस्य दामोदर पण्डितका अनुसार, आइतबार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले उम्मेदवार छनोटमा केन्द्रबाट हस्तक्षेप नगर्ने निर्णय पनि गरेको छ ।
बैठकमा १३ जना सदस्यहरू उपस्थित भएको दाबी पण्डितले गरेका छन् । उनले बैठकमा उपस्थित नभएकाहरूले पनि निर्णय स्वीकार्ने जानकारी गराएको जिकिर गरेका छन् ।
त्यस्तै, बैठकले लक्ष्मण किशोर चौधरीलाई संगठन विभाग प्रमुख र प्रवक्तामा पण्डितलाई मनोनित गर्ने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4