+

अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली माल्दिभ्स जाँदै

२०८२ भदौ  १६ गते २१:३३ २०८२ भदौ १६ गते २१:३३
अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली माल्दिभ्स जाँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्दै छ।
  • प्रतियोगिता सेप्टेम्बर ४ देखि ६ तारिखसम्म हुनेछ।
  • टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे।

१६ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्दै छ ।

सेप्टेम्बर ४ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा रोज बडू, जुन बडू, समिरन भुसाल, प्रिसा खाँड, जेहाना अर्याल र कस्वि भट्टराई सहभागी हुने छन् ।

अफिसियलमा निलम बानियाँ बडू र सानी महर्जन छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

हेड कोच दिलिपराज बराल पनि समापन समारोहमा सहभागी हुन माल्दिभ्स जाने छन् ।

अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय