१७ भदौ, काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एण्ड टी२० कप र साउथ अष्ट्रेलियासाग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।
टोलीलाई क्यान पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपाली टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पहिलो पटक अष्ट्रेलियामा गएर मर्रव टिमहरुसँग खेल्ने अवसर पाएको बताए ।
सबै खेलाडीले मुख्य प्रतियोगिताअघि अनुभव लिनुपर्छ भनेर धेरै खेल खेलेकोले अजै केही कुरा सुधार गर्नुपर्ने बताए ।
टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।
टप एन्ड टी–२० सिरिज समाप्त भएपछि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग दुई टी२० अभ्यास खेले खेलेको थियो । यस्तै साउथ अष्ट्रेलियासँग भने नेपाल टी२० खेलमा पराजित भएको थियो भने एकदिवसीय अभ्यास खेल जितेको थियो ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4