News Summary
Generated by OK AI. Editorially reviewed.- वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० गते पोखरा रंगशालामा साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच उद्घाटन खेल हुनेछ।
- भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुने लिगमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् जसमा कर्णाली यशविस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज छन्।
- विश्वका विभिन्न देशबाट १८ विदेशी खेलाडी सहभागी हुने दोस्रो संस्करणको लिगमा सिंगल राउण्ड रोविन आधारमा १५ खेल हुनेछ र दुई टोली फाइनल प्रवेश गर्नेछन्।
१७ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको उद्घाटन खेलमा कर्णाली यशविसले पोखरा निन्जाजसँग खेल्ने भएको छ ।
आयोजक इन्फनिटी ड्रिम्स प्रालिले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार भदौ २० गते शुक्रबार साविक विजेता कर्णालीले घरेलु टोली पोखरा निन्जाजसँग उद्घाटन खेल खेल्नेछ ।
पोखरा रंगशाला भित्र रहेको बहुउद्देशीय कभर्डहलमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।
शुक्रबारै साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच अपरान्ह ४ बजे दोस्रो खेल हनेछ ।
भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
जहाँ साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
दोस्रो संस्करणको लिगमा विश्वका विभिन्न देशबाट १८ विदेशी खेलाडी एभरेष्ट महिला भलिबल लिग खेल्ने पोखरा आएका छन् । यसपटक ब्राजिल, नरद्लयाण्ड्स, क्रोएसिया लगायत देशका खेलाडी समेत थपिएका छन् ।
६ टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा लिग चरणमा कूल १५ खेल हुनेछ । जहाँ हरेक टोलीले एक आपसमा खेल्नेछन् । लिग चरणको खेलपछि धेरै अंक जोड्ने दुई टोली फाइनल प्रवेश गर्नेछ ।
लिग चरणका खेलहरु भदौ २६ गते सकिनेछ र फाइनल खेल भदौ २८ गते हुनेछ ।
गत वर्ष काठमाडौंमा भएको पहिलो संस्करणमा कर्णाली यशविसले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।
खेलतालिका:
प्रतिक्रिया 4