१७ भदौ, काठमाडौं । ताजिकिस्तानमा बुधबारदेखि सुरु हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली यू–२३ राष्ट्रिय टोली तयार भएको मुख्य प्रशिक्षक नविन न्यौपानेले बताएका छन् ।
मंगलबार भएको प्रि म्याच कन्फ्रेन्समा न्यौपानेले आफ्नो टिम जित्न आएको बताएका हुन् ।
‘हामी छनोट खेलका लागि तयार छौँ,’ उनले भने, ‘सबै टिमहरु कठिन छन् । तर हामी यहाँ हार्न आएका होइनौँ हामी जित्न आएका हौँ । सुरुवात देखि नै ३ अंक जोड्न चाहन्छौँ । हामी खेल्न उत्साहित छौँ ।’
छनोटमा समूह के मा रहेको नेपालले बुधबार आफ्नो पहिलो खेलमा घरेलु टोली ताजिकस्तानसँग खेल्देछ ।
यस्तै नेपालले सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ ।
राष्ट्रिय टोलीबाट खेलिसकेका आयुष घलानको कप्तानीमा नेपाली यू–२३ टोली यू२३ एसियन कप छनोट खेल्दैछ ।
प्रतिक्रिया 4