News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र वेस्ट इन्डिजबीच हुने टी-२०आई शृंखलाको खेलतालिका सेप्टेम्बर २७, २९ र ३० मा परिवर्तन भएको छ।
- नेपालले पहिलो पटक दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको छ।
- यो सिरिज नेपाल क्रिकेटको लागि ऐतिहासिक र आगामी टी-२० विश्वकप एसिया छनोट तयारीमा महत्वपूर्ण मानिएको छ।
१७ भदौ, काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच हुन लागेको ऐतिहासिक टी-२०आई शृंखलाको खेलतालिकामा सामान्य परिवर्तन भएको छ ।
शारजाह क्रिकेट स्टेडियममा यसअघि सेप्टेम्बर २७, २८ र ३० मा खेलहरू हुने भनिएकोमा अब २७, २९ र ३० सेप्टेम्बरमा खेल हुनेछन् ।
नेपालले दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको यो पहिलो पटक हुनेछ ।
क्यानले वार्षिक क्यालेन्डरमा नै सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग टी२०आई शृंखला खेल्ने कुरा समावेश गरेको थियो ।
यो सिरिज नेपाल क्रिकेटको लागि ऐतिहासिक मात्र नभई भविष्यका टी-२० विश्वकप एसिया छनोट को तयारीमा समेत महत्वपूर्ण मानिएको छ। विश्वकप छनोट यूएईकै छिमेकी देश ओमानमा अक्टोबरमा हुँदैछ ।
क्यानले वेस्ट इन्डिज क्रिकेट बोर्ड र एमिरेट्स क्रिकेट बोर्डलाई यस ऐतिहासिक श्रृङ्खलामा सहकार्य गरेकोमा धन्यवाद दिएको छ।
यसअघि गत वर्ष वेस्ट इन्डिजको ए टोली नेपालमै आएर टी-२० शृंखला खेलेको थियो ।
खेल तालिका:
पहिलो खेल : २७ सेप्टेम्बर २०२५
दोस्रो खेल : २९ सेप्टेम्बर २०२५
तेस्रो खेल : ३० सेप्टेम्बर २०२५
प्रतिक्रिया 4