+
+
Shares

रूपन्देही-३ मा राप्रपाले प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १८:०५

१७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही–३ मा प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने भएको छ ।

मंगलबार बसेको पार्टीको संसदीय समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, नवीन कार्ययोजनाको मोडल अनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरिएको हो ।

रूपन्देही–घ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।

जिल्ला कार्यसमितिबाट सिफारिस भएर आएका आकांक्ष उम्मेदवारहरूमध्ये प्रारम्भिक मतदानबाट छनोट हुने श्रेष्ठले बताए ।

‘आन्तरिक प्रारम्भिक निर्वाचन यथाशिघ्र गरिने र सो को आवश्यक प्रबन्ध रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने निर्णय भएको छ,’ श्रेष्ठले भने।

आन्तरिक प्रारम्भिक निर्वाचनका मतदाताहरू यसप्रकार रहनेछ :

क) रुपन्देही–३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।

ख) रुपन्देही–३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।

ग) रुपन्देही–३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाऊककपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।

घ) रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।

ङ) रुपन्देही–३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।

च) रुपन्देही जिल्ला क्षेत्र नं–३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरु ।

छ) २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही–३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु ।

ज) २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही–३ अन्तर्गतका सक्रिय सदस्यहरु रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?