+
+
Shares

रूपन्देही–३ मा राप्रपा नेपालका उम्मेदवार अर्जुन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १८:०८

१७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले रूपन्देही–३ का लागि अर्जुन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । राप्रपा सांसद दीपक बोहोराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि केही दलहरूले उम्मेदवार छनोट गरिसकेका छन्  भने केही दलहरू प्रक्रियामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?