News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं स्पाईकर्सका तीन विदेशी खेलाडी इडब्लुभी खेल्न नेपाल आइपुगेका छन्।
- काठमाडौं स्पाईकर्सको मुख्य प्रशिक्षकमा लोक बहादुर बुढा तथा उषा भण्डारी मार्की प्लेअर रहेकी छन्।
- इडब्लुभीको दोस्रो संस्करण २० देखि २८ भदौसम्म पोखरामा हुनेछ।
१७ भदाै, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणमा काठमाडौं स्पाईकर्सबाट खेल्न तीन विदेशी खेलाडी मंगलबार नेपाल आइपुगेका छन् ।
काठमाडौं स्पाईकर्सबाट थाईल्याण्डका दुई र बुल्गेरियाका एक खेलाडीले खेल्ने छन् । थाइल्याण्डका अपोजिट हिटर अपिन्या प्रथाबिमसोङ र आउटसाइड हिटर कन्चना सिसाईकाएओ तथा बुल्गेरसयनकी सेटर पोलिना नेकोभा मंगलबार आइपुगेका छन् ।
काठमाडौंले यसअघि पोलिनासहित काजखस्तानकी खेलाडी अपोजिट हिटर अलेना कोलोतीजिना र इटलीको खेलाडी ओउमायमा कोडिएललाई अनुबन्ध गरेको थियो । तर अलेना र कोडिएल नआउने भएपछि दुई खेलाडीको स्थानमा थाईल्याण्डका दुई खेलाडी अनुबन्ध गरेको जानकारी दिएको छ ।
तीन विदेशी खेलाडी अनुबन्ध गरेपछि काठमाडौं स्पाइकर्सको टिम बलियो बनेको छ । तीन फरक पोजिसनमा विदेशी खेलाडी भित्र्याएपछि टिमको सन्तुलन राम्रो भएको काठमाडौंले जनाएको छ ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारीलाई मार्की प्लेअरमा निरन्तरता दिएको काठमाडाैंका अन्य नेपाली खेलाडीमा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । कमलाले पहिलो सिजन पनि काठमाडौंबाटै खेलेकी थिइन् ।
दोस्रो संस्करणका लागि काठमाडौंले लोक बहादुर बुढालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखराको मल्टीप्रपोज कभर्डहलमा हुनेछ ।
काठमाडौं स्पाइकर्स टिम : उषा भण्डारी (मार्की प्लेअर), मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द
विदेशी खेलाडी : पोलिना नेकोभा, अपिन्या प्रथाबिमसोङ, कन्चना सिसाईकाएओ
मुख्य प्रशिक्षक : लोक बहादुर बुढा
गुडविल एम्बासडर : अदिती बुढाथोकी
प्रतिक्रिया 4