+
नेपाल-बंगलादेश मैत्रीपूर्ण फुटबल :

नेपाल र बंगलादेशबीचको दुई खेलपछि विजेता टोलीले ट्रफी पाउने

२०८२ भदौ  १९ गते १५:५९ २०८२ भदौ १९ गते १५:५९
नेपाल र बंगलादेशबीचको दुई खेलपछि विजेता टोलीले ट्रफी पाउने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा दशरथ रंगशालामा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुनेछन्।
  • समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ र आवश्यक परेमा दोस्रो खेलपछि पेनाल्टी सुटआउट हुनेछ।
  • खेलका लागि सामान्य टिकट रु ५०० र भिआइपी टिकट रु १,००० तोकिएको छ र दर्शकले खल्ती डिजिटल वालेटमार्फत खरिद गर्न सक्नेछन्।

१९ भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलपछि समग्र विजेताले पुरस्कार पाउने भएका छन् ।

एन्फाले बिहीबार खेलका बारेमा जानकारी दिन आयोजन गरेको पत्रकार सम्मेलनमा उक्त कुरा उल्लेख गरेको हो ।

दशरथ रङ्गशालामा हुने नेपाल र बंगलादेशबीचको दुवै खेल साँझ ५:३० बजे सुरु हुनेछ । समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ।

यदि दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइने एन्फाले जनाएको छ। विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन्।

एन्फाले खेलका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ। खेलको टिकट दर सामान्य पारापिटका लागि रु ५०० र भिआइपी पारापिटका लागि रु १,००० तोकिएको छ।

यस अन्तर्गत ९,००० सामान्य र १,००० भिआइपी टिकट बिक्री गरिनेछ, जसलाई दर्शकहरूले खल्ती डिजिटल वालेटमार्फत खरिद गर्न सक्नेछन्।

दर्शकहरूको सहजताका लागि खेल हुने दिनमा दशरथ रंगशालाका सबै गेट खोलिनेछन्। टिकटमा उल्लेख भएको गेट र सिट नम्बरअनुसार दर्शकहरूलाई बस्ने व्यवस्था गरिएको छ।

बङ्गलादेशको राष्ट्रिय टोली सेप्टेम्बर ३ मा नै काठमाडौं आइसकेको छ र टोलीले भद्रकाली र च्यासल रंगशालामा अभ्यास गरिरहेको छ।

एन्फाले करीब १ करोड २७ लाख रुपैयाँ अनुमानित बजेटसहित यी खेलहरू भव्य बनाउन तयारी गरेको जनाएको छ।

नेपाल र बंगलादेश मैत्रीपूर्ण फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय