+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माओवादी मुलुकको नेतृत्व गर्ने प्रतिष्पर्धाबाट बाहिरिइसक्यो : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १७:३४

२० भदौ, काठमाडौं । नेकपा एमालेले नेकपा माओवादी केन्द्र मुलुकको वैचारिक-राजनीतिक नेतृत्व गर्ने प्रतिष्पर्धाबाट बाहिरिइसकेको निष्कर्ष निकालेको छ ।

गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा माओवादीको जनवादी अधिनायकत्वको एकदलीय सोच उहिल्यै असफल भइसकेको उल्लेख छ ।

‘प्रचण्डपथलाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादी साथीहरूका लागि आज माओवादी ट्याग पनि भारती भएको छ’ दस्तावेजमा भनिएको छ, ‘शान्ति प्रक्रियामा आइसकेपछि अगाडि सारिएका सत्ता कब्जा, सेनामा समूहगत समायोजन, जातीय राज्य लगायत माओवादीका प्रायः सबै प्रयोग असफल भएका छन् ।’

एमालेले माओवादी केन्द्र अस्थिरता, अवसरवाद एवं विभाजनकारी सोच र भ्रष्ट व्यवहारले वैचारिक, सांगठनिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण हुँदै गएको निष्कर्ष निकालेको छ ।

हङ पार्लियामेन्टका कारण सत्ताको लाभ लिइरहे पनि मुलुकको वैचारिक राजनीतिक नेतृत्व गर्ने प्रतिष्पर्धाबाट माओवादी केन्द्र बाहिरिइसकेको एमालेले आफ्नो दस्तावेजमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?