+
+
Shares

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय राज्यको निरंकुश प्रवृत्ति : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते २०:३७

२१ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय सच्याउनुपर्ने बताएका छन् ।

सर्वपक्षीय विमर्श नगरी सञ्जालहरू बन्द गर्न खोज्नु राज्यको निरंकुश प्रवृत्ति भएको टिप्पणी गरेका छन् ।

‘सार्वजनिक सञ्जालजस्तो आम नागरिकसँग सरोकार राख्ने विषयमा सर्वपक्षीय विमर्श नगरी प्रतिबन्ध लगाउन खोज्नु राज्यको निरंकुश प्रवृत्ति हो,’ विप्लवले भनेका छन्, ‘सरकारले सच्याउन आवश्यक छ ।’

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा सामाजिक सञ्जालमा रोक लगाउन निर्देशन दिएको थियो ।

सोही अनुसार केही सञ्जालहरू नचल्ने पनि भएका छन् ।

जसको केहीले प्रशंसा गरेका छन् भने अधिकांश विरोधमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?