+
+
Shares

नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते १४:५४

२१ भदाै, धनगढी। कञ्चनपुरमा प्रहरीले पाँच सय दरका नक्कली भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमा नक्कली नोट बोकेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पाँच सय भारतीय रुपैयाँका १४७ नोटसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा दुई नेपाली र तीन जना भारतीय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले नक्कली भारतीय नोटसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साह बस्ने ३२ वर्षीय सौगात बहादुर सिंह, २४ वर्षीय चन्द्र बोहरा, भारतको बरेली तेसिलमिगञ्ज ग्राम बस्ने २५ वर्षीय कुलदीप चतुर्बेदी, बरेली फटितेगञ्ज बस्ने २० वर्षीय अमित यादव र भारत बरेली उदमासिहंनगर उत्तराखण्ड बस्ने २४ वर्षीय हिंमासु शर्मालाई पक्राउ गरिएको बताए ।

उनकाअनुसार गाडीमा नक्कली नोट भएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झलारीको टोलीले उनीहरुलाई पछ्याएको थियो ।

सो क्रममा शुक्लाफाँटा नगरपालिका-३ जोनापुरस्थित नेपाली सेना श्री रणसिंह सुरक्षा गण पोस्टले गाडी रोकी चेकजाँच गर्दा नक्कली नोटसहित गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गाडीमा सवार पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?