+

के खाली पेटमा मेथी खानु मुटुका लागि फाइदाजनक छ ?

२०८२ भदौ  २२ गते १८:४३ २०८२ भदौ २२ गते १८:४३
के खाली पेटमा मेथी खानु मुटुका लागि फाइदाजनक छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेथीमा प्रोटिन, फाइबर, भिटामिन ए, बी, सी र खनिजहरू पाइन्छ, जसले मुटुको स्वास्थ्य र तौल नियन्त्रणमा मद्दत गर्छ।
  • नेशनल लाइब्रेरी अफ मेडिसिनको अध्ययनले मेथी सेवनले खराब कोलेस्टेरोल (एलडीएल) कम गर्ने र रक्तसञ्चार सुधार गर्ने देखाएको छ।

अहिले स्वास्थ्यबारे सचेत हुने धेरैले बिहान खाली पेटमा मेथी खाने गरेको पाइन्छ । कतिपयले तौल घटाउनका लागि यसको सेवन गर्छन् भने कतिपयले मुटुको स्वास्थ्यलाई फाइदा गर्छ भन्दै खान्छन् ।

के वास्तवमै मेथी शरीरका लागि फाइदाजनक हुन्छ, त ?

मेथीमा के पाइन्छ ?

मेथी केवल भान्साको मसला मात्र होइन, यो प्रकृतिको अनमोल उपहार हो, जसमा प्रशस्त पोषक तत्वहरू पाइन्छन् । यसमा रहेका एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट्स र एन्टि–इन्फ्लेमेटरी गुणहरूले शरीरलाई भित्रैदेखि स्वस्थ र बलियो बनाउँछ ।

मेथीको नियमित सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, तौल घटाउन, जोर्नीको दुखाइ कम गर्न, छाला र कपाललाई स्वस्थ राख्न र विशेषगरी मुटुको स्वास्थ्यलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।

मेथीमा प्रोटिन, फाइबर, भिटामिन (भिटामिन ए, बी र सी), खनिज (पोटासियम, म्याग्नेसियम र आइरन) र शक्तिशाली एन्टी–आक्सिडेन्टहरूले भरपूर हुन्छ । यी तत्वहरूले शरीरमा विभिन्न स्वास्थ्य समस्याहरू कम गर्न र समग्र स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ।

यी मध्ये यसमा पाइने एन्टीइन्फालमेटरी र एन्टी–आक्सिडेन्ट गुणहरूले मुटुको स्वास्थ्यलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।

मेथीले मुटुलाई कसरी फाइदा गर्छ ?

१.खराब कोलेस्टेरोल कम गर्छ

मुटुको स्वास्थ्यमा कोलेस्टेरोलको स्तरले ठूलो भूमिका खेल्छ । खराब कोलेस्टेरोल (एलडीएल)को उच्चस्तरले रक्तनलीहरूमा बोसो जम्मा हुने अवस्था (एथेरोस्क्लेरोसिस) निम्त्याउछ, जसले हृदयघातको जोखिम बढाउँछ ।

मेथीमा पाइने फाइबर र एन्टी–आक्सिडेन्टहरूले खराब कोलेस्टेरोलको स्तरलाई कम गर्न मद्दत गर्छ । डाइटिशियन अर्चना जैनका अनुसार, मेथीको नियमित सेवनले रक्तनलीमा बोसो जम्मा हुनबाट रोक्छ र रक्तसञ्चारलाई सुचारु राख्छ ।

नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार, मेथीमा पाइने स्यापोनिन र फाइबरले एलडीएल कोलेस्टेरोललाई कम गर्न प्रभावकारी हुन्छ । यो अध्ययनमा मधुमेह र उच्च कोलेस्टेरोल भएका बिरामीहरूलाई १२ हप्तासम्म मेथी दानाको सेवन गराइएको थियो फलस्वरुप, उनीहरूको रगतमा खराब कोलेस्टेरोलको स्तरमा उल्लेखनीय कमी आएको पाइयो, जसले मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव देखायो ।

२. रक्तसञ्चार र रक्तचाप नियन्त्रण

रक्तसञ्चारमा सुधार र रक्तचाप नियन्त्रण मुटुको स्वास्थ्यका लागि अत्यावश्यक छ । मेथीको दानामा पाइने पोटासियमले रक्तचापलाई सन्तुलनमा राख्न मद्दत गर्छ । साथै, यसमा पाइने एन्टी–आक्सिडेन्टले रक्तनलीहरूमा हुने अवरोधलाई कम गर्छ र रक्तसञ्चारलाई सहज बनाउँछ ।

मेथीको नियमित सेवनले रक्तनलीहरूको लचिलोपन कायम राख्न र रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ ।

जर्नल अफ न्युट्रिशनल साइन्समा प्रकाशित एक अनुसन्धानले मेथीले रक्तचाप नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने देखाएको छ । यो अध्ययनमा उच्च रक्तचाप भएका व्यक्तिहरूलाई ८ हप्तासम्म दैनिक ५–१० ग्राम मेथी दाना खान दिइएको थियो ।

नतिजामा, उनीहरूको रक्तचापमा कमी आएको र रक्तसञ्चारमा सुधार भएको पाइयो । यो सुधारले हृदयघात र स्ट्रोकको जोखिमलाई कम गर्न मद्दत गरेको देखियो ।

३. सुन्निने समस्या कम हुने

मुटु रोगको एक प्रमुख कारण शरीर सुन्निनु हो । मेथीमा पाइने एन्टी–इन्फाल्मेटरी गुणले शरीरका अंगहरू सुन्निएको कम गर्छ । एन्टी–आक्सिडेन्टले मुटुका कोषिकाहरूलाई फ्रि र्‍याडिकल्सबाट हुने क्षतिबाट जोगाउँछ । यी गुणहरूले मुटुलाई स्वस्थ राख्न र हृदयघातको जोखिम कम गर्न सहयोग गर्छ ।

४. रगतमा चिनीको मात्रा नियन्त्रण

मधुमेह र मुटुको रोगबीच गहिरो सम्बन्ध छ । उच्च रगतमा ग्लुकोजको मात्राले रक्तनलीहरूलाई क्षति गर्छ । जसले मुटुको समस्या ल्याउन सक्छ । मेथीमा पाइने घुलनशील फाइबरले रगतमा चिनीको अवशोषणलाई ढिलो बनाउँछ, जसले चिनीको स्तरलाई नियन्त्रण गर्छ । यो प्रक्रियाले मुटुको स्वास्थ्यमा अप्रत्यक्ष रूपमा फाइदा गर्छ ।

मेथी कसरी सेवन गर्ने ?

भिजाएर खाने : १–२ चम्चा मेथीको दानालाई रातभर पानीमा भिजाएर बिहान खाली पेटमा खाने । भिजाएको पानी पनि पिउन सकिन्छ ।

धुलो : मेथीलाई पिसेर पाउडर बनाई तरकारी, दाल वा रोटीमा मिसाएर खान सकिन्छ ।

चिया : मेथीलाई पानीमा उमालेर चिया बनाई पिउन सकिन्छ ।

अंकुरित मेथी : मेथीलाई भिजाएर टुसा उमारेर सलादमा मिसाएर खान सकिन्छ ।

दैनिक ५–१० ग्राम मेथी सेवन गर्नु उपयुक्त मानिन्छ । अत्यधिक सेवनले पेट गडबड वा अन्य समस्या निम्त्याउन सक्छ । त्यसैले संयमित मात्रामा खानु उपयुक्त हुन्छ।

केही सावधानीहरू

-मेथी खाँदा एलर्जी हुने व्यक्तिले सेवन गर्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ ।

-रगत पातलो बनाउने औषधि वा मधुमेहको औषधि खाने व्यक्तिहरूले मेथी सेवन गर्नुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

-गर्भवती र सुत्केरी महिलाले अवस्थामा मेथी दानाको सेवन सावधानीपूर्वक गर्नुपर्छ ।

मुटु रोग मेथी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय