
News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले बाल्टिमोरबाट 'छक्कापञ्जा युएसए कमेडी टूर २०२५' सेप्टेम्बर १९ मा सुरु गर्ने भएका छन्।
- यो कमेडी टूरमा दीपक-दीपासहित जितु नेपाल, आसिफ शाह, मीना पोखरेल, धर्मेन्द्र सेवान सहभागी हुने जनाइएको छ।
- टूरमा १५ अमेरिकी सहरमा कार्यक्रम आयोजना हुनेछ र डालस मोमो फेस्टिभलमा करिव १५ हजार दर्शकको उपस्थिति अपेक्षित छ।
काठमाडौं । कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले मेरिल्याण्ड राज्यको बाल्टिमोरबाट ‘छक्कापञ्जा युएसए कमेडी टूर २०२५’ सुरुवात गर्ने भएका छन् ।
आयोजित पत्रकार सम्मेलनमा अमेरिका टूरबारे जानकारी दिइयो । बाल्टिमोरमा सेप्टेम्बर १९ मा कार्यक्रम हुनेछ ।
सेप्टेम्बर २० मा कोलम्बस, २१ मा एक्रोन, २७ मा टेक्सासको डालसमा कार्यक्रम आयोजना हुँदैछ । १५ अमेरिकी सहरमा कार्यक्रम आयोजना हुने जनाइएको छ ।
‘डालस मोमो फेस्टिभल’मा यसवर्ष करिव १५ हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ ।
आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सले संयुक्तरुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन् । संयोजन कोरेभेक्स सोलुसनको तर्फबाट हर्षित घिमिरेले गरिरहेका छन् ।
अमेरिकामा भने सुदिप आत्रेय र सुमन अधिकारीले गरेका छन् । अन्य सहरका कार्यक्रमको मिति चाँडै सार्वजनिक हुने जनाइएको छ ।
यो कमेडी टूरमा ‘छक्कापञ्जा’ टिमको तर्फबाट दीपक-दीपासहित जितु नेपाल, आसिफ शाह, मीना पोखरेल, धर्मेन्द्र सेवान सहभागी हुने जनाइएको छ ।
आत्रेय प्रोडक्सन हाउसले यसअघि प्रकाश सपुत सांगीतिक कार्यक्रम पनि आयोजना गरेको थियो ।
डेढ दशकपछि अमेरिका भ्रमणमा जान लागेका अभिनेता गिरी प्रेसमिटमा उत्साहित सुनिए ।
भन्छन्, ‘अमेरिकाका हरेक सहरमा हाम्रा चलचित्र हेर्ने दर्शक हुनुहुन्छ ।कक हरेक वर्षको दशैँमा हाम्रा चलचित्र दर्शकले हेर्नुहुन्थ्यो । यो पटक हाम्रो चलचित्र रिलिज छैन । त्यही भएर दर्शक भेट्न र उहाँहरुलाई धन्यवाद दिन र छक्कापन्जाको प्रत्यक्ष मज्जा दिनको लागी हामी यो यात्रामा सहभागी हुदैछौ ।’
दीपाश्री उत्साहितसँगै केही नर्भस सुनिइन् । ‘धेरै बर्ष भयो स्टेजमा प्रस्तुति नदिएको । सोही कारण केही नर्भस छु तर, दर्शकलाई भेट्न र उहाँहरूसँगै यो वर्षको दशैं मनाउन उत्साहित छु ।’
अभिनेता जितु नेपालको उत्साह प्रष्ट सुनिएको थियो । ‘यो पटकको दशैँमा छक्कापन्जा कमेडी टुर हुँदैछ । दर्शकसँगै प्रत्यक्ष भेट्न, दशैँ मनाउन र हाम्रो प्रस्तुतिमा रमाउन उत्साहित छु’ उनले भने ।
प्रतिक्रिया 4