News Summary
Generated by OK AI. Editorially reviewed.- कपन टाइगर नामक नेपाली तेक्वान्दो डेमोन्स्ट्रेसन टोलीले भारतको मुम्बईमा सेप्टेम्बर २४ देखि हुने इन्डिया गट ट्यालेन्टमा प्रतिस्पर्धा गर्ने भएको छ।
- कुल २६ सदस्यीय टोली मन्दीप राईको कप्तानी र प्रशिक्षक श्याम थापामगरको नेतृत्वमा भारत प्रस्थान गरेको छ।
- काठमाडौं जिल्ला तेक्वान्दो संघले टोलीलाई बिदाइ गर्दै २५ हजार रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गरेको थियो।
१ असोज, काठमाडौं । नेपाली खेलकुदको चर्चित तेक्वान्दो डेमोन्स्ट्रेसन टोली कपन टाइगरले भारतमा हुने इन्डिया गट ट्यालेन्टमा प्रतिस्पर्धा गर्ने भएको छ ।
भारतको मुम्बईमा आगामी सेप्टेम्बर २४ देखि यो रियालिटी सो हुँदैछ । उक्त सोमा नेपाली खेलकुदको चर्चित ड्रेमोन्स्ट्रेसन टिम कपन टाइगरले प्रतिस्पर्धा गर्ने भएको हो ।
कुल २६ सदस्यीय नेपाली नेपाली आजै भारत प्रस्थान गरेको छ । मन्दीप राईको कप्तानी तथा तेक्वान्दोका प्रशिक्षक श्याम थापामगरको नेतृत्वमा उक्त टोली सहभागी हुने भएको हो ।
इन्डिया गट ट्यालेन्टमा करिब ३५ वटा टोलीले चुनौती प्रस्तुत गर्ने भएका छन् । यसअघि मंगलबार काठमाडौं जिल्ला तेक्वान्दो संघले पनि उक्त टोलीलाई बिदाइ गरेको थियो ।
काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले टोलीलाई बिदाइ गरेका हुन् । संघले सो अवसरमा टोलीलाई प्रोत्साहन स्वरूप २५ हजार रुपैयाँ प्रदान गरेको थियो ।
प्रतिक्रिया 4