News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युएईमा जारी युनिटी कपअन्तर्गत नेपालले वेस्ट इन्डिजलाई हराएकोमा बधाई दिएका छन्।
- शनिबार राति सम्पन्न पहिलो टी–२० खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो।
- प्रचण्डले नेपाली टोलीले आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेस्ट इन्डिजसँगको पहिलो टी–२० आई खेलमा ऐतिहासिक जित निकाल्ने नेपाली टोलीलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक विजय हासिल गरेकोमा हार्दिक बधाई ।’
शनिबार राति सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सकेको थियो ।
यो सफलताले नेपाली युवाशक्ति, उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको संकल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको प्रचण्डले उल्लेख गरेका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाली टोलीले सिरिजका आगामी खेलहरूमा समेत अझै उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित पार्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4