+
+
Shares

अर्थ मन्त्रालयले जेनजी आन्दोलनमा जलेका २९ गाडी गर्‍यो मर्मत, लागत झण्डै २३ लाख

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १२:३६
सिंहदरबार परिसरमा जलेका गाडी

१२ असोज, काठमाडौं । अर्थ मन्त्रालयले जेनजी युवा आन्दोलनका दौरान जलाइएका २९ वटा सवारी साधनको मर्मत सम्भार गरेको छ । मर्मतमा झण्डै २३ लाख खर्च भएको छ ।

मन्त्रालयका अनुसार चार पाङ्ग्रे २९ वटा सवारी साधनको अप्रत्याशित र विशेष कारणबाट यथाशीघ्र मर्मत गर्न कोटेसन माग गरिएको थियो । सो अनुसार जगन्नाथ अटो केयर सिनामंगल काठमाडौंले २२ लाख ७८ हजार ९५० रुपैयाँमा सबैभन्दा कम मूल्यको प्रस्ताव गरेको थियो । सो कम्पनीमार्फत सवारी साधनको मर्मत गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले यस वर्ष नयाँ सवारी साधन नकिन्ने बताएको छ । निर्वाचन प्रयोजन बाहेक अन्य निकायहरुले समेत नयाँ गाडी किन्न पाउने छैनन् ।

जेनजी युवा आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा दर्जनौं सरकारी गाडीहरुमा आगजनी भएको थियो । आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ ।

तर सरकारी कार्यालयहरुले संकलन गरेको प्रारम्भिक विवरणमा आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सरकारी गाडी काठमाडौंमा मात्रै नष्ट भएका हुन् । दुईपांग्रे सवारी साधन त नगन्य संख्यामा आगजनी भएको अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?