 
																			१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुरुका दिन र अहिले जेनजीहरूको बुझाईमा आकाशजमिन फरक पाएको बताएकी छन् । उनले सुरुमा अनेथरी माग लिएर आउने जेनजीहरू अहिले यही संविधान, व्यवस्थाको कुरा गर्दै चुनावमा जानुपर्छ भन्ने विन्दुमा आइपुगेको उल्लेख गरिन् ।
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा सम्पादकहरूसँगको अन्तर्क्रियामा जेनजीहरूको बुझाइ बदलिएको भन्दै प्रसन्नता पनि व्यक्त गरिन् ।
‘डे वानका जेनजी र आजका जेनजीबीच आकाश जमिनको फरक छ’ उनले भनिन्,’अहिलेले हामीले भन्दा राम्ररी कानुनका कुरा गर्ने भएका छन् । बुझाई कति राम्रो भएको छ । अस्ती २०/२१ वटा ग्रुपसँग कुरा भयो । उहाँहरूका कुरा देख्दा त रामचन्द्र पौडेल, शेरबहादुर देउवा युवा हुँदाका जस्ताको पनि देखेँ ।’
उनका अनुसार सुरुमा प्रत्यक्ष निर्वाचित कार्यकारी, अन्तरिम संविधान लगायतका अनेक कुरा आएका थिए । अहिले जेनजीहरूले त्यस्तो कुरा छैन ।
‘अहिले जेनजी खारिँदै गएका छन्’ उनले भनिन् । उनले बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजीबीचको वार्तामा धेरै राम्रो संवाद भएको उल्लेख गरिन् ।
 
                









 
                     
                                 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4