+
+
Shares

बञ्चरेडाँडा पुगे मन्त्री कुलमान घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते ९:५७

काठमाडौं । मन्त्री कुलमान घिसिङ काठमाडौंको फोहोर बिसर्जनस्थल बञ्चरेडाँडा पुगेका छन् । विगतमा सरकारसँग भएका १८ बुँदे सहमति पूरा नभएको भन्दै स्थानीयले फोहोर बिसर्जनमा अवरोध गरेपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आज बिहानै बञ्चरेडाँडा पुगेका हुन् ।

स्थानीयले गत बुधबारदेखि बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो । शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्षविहीन भएको थियो ।

शहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री घिसिङ आज बिहानै बञ्चरेडाँडा पुगेका हुन् । उनले त्यहाँका स्थानीयका प्रतिनिधिसँग छलफल गर्दै समस्या समाधानको पहल गर्ने उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?