News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले हङकङ सिक्सेस क्रिकेटमा यूएईसँग ४३ रनले पराजित भएर आफ्नो यात्रा समाप्त गरेको छ।
- यूएईले दिएको १३० रनको लक्ष्य नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रनमा मात्र पुर्यायो।
- नेपालले समूह चरणमा अफगानिस्तान र दक्षिण अफ्रिकासँग पराजित भएर बाउल लिगमा पुगेको थियो।
२३ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ । आइतबार विहान भएको बाउल लिगको आफ्नो अन्तिम खेलमा नेपाल यूएईसँग ४३ पराजित भयो ।
यूएईले दिएको १३० रनको बलियो लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्र बनायो । मोहम्मद आदिल आलमले ३२ रन बनाए भने सन्दीप जोरा ३१ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले ६ ओभरमा ५ विकेट गुमाएर १२९ रन बनाएको थियो । निलन्श केशवानीले १५ बलमा १० छक्का र ३ चौकासहित ७३ रनको विस्फोटक पारी खेले ।
नेपालका लागि राशिद खानले २ विकेट लिँदा रुपेश सिंह र लोकेश बमले १-१ विकेट लिए ।
यसअघि नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग तथा दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर समूह चरण पार गर्न नसक्दा बाउल लिगमा आएको थियो ।
बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो भने दोस्रो खेलमा भारतमाथि ९२ रनको विशाल जित निकालेको थियो ।
बाउल लिगको शीर्ष २ मा रहने पक्का भइसकेका श्रीलंका र यूएईले बाउल फाइनल खेल्नेछन् ।
प्रतिक्रिया 4