+
एनपीएल २०२५ :

एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दै

२०८२ मंसिर  ४ गते ८:०७ २०८२ मंसिर ४ गते ८:०७
एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेट २०२५ मा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच अपरान्ह ४ बजे त्रिवि क्रिकेट रंगशालामा खेल हुँदैछ।
  • चितवन राइनोजले पहिलो खेलमा कर्णाली याक्सलाई हराएको थियो भने लुम्बिनी लायन्सले पहिलो खेल खेल्दैछ।
  • चितवनको कप्तान कुशल मल्ल र लुम्बिनीको कप्तान रोहितकुमार पौडेल रहेका छन्।

४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आज पनि एक खेल मात्र हुँदैछ । आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ ।

खेल त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई हराएको थियो । लुम्बिनीले पहिलो खेल खेल्दै छ ।

चितवनको कप्तानमा कुशल मल्ल छन् भने लुम्बिनीको कप्तानमा राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहितकुमार पौडेल छन् । गत संस्करणमा भएको एक खेलमा लुम्बिनी लायन्सले बाजी मारेको थियो ।

पहिलो संस्करणमा लिग चरणमा त्यही एक खेल मात्र जितेको लुम्बिनी सबैभन्दा पहिले प्रतियोगिताबाट बाहिरिएको थियो । यसपटक फेरिएको लुम्बिनी नतिजा बदल्ने लक्ष्यमा हुनेछ ।

लुम्बिनी लायन्सको टोली : रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नाइब, रुबेन ट्रम्पलमन, जेजे स्मिथ

चितवन राइनोजको टोली : कुशल मल्ल, कमल सिंह ऐरी, रिजन ढकाल, दीपक बोहरा, अमर सिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, विपिन आचार्य, रन्जित कुमार, विपिन रावल, रवि बोपारा, सोहेल तनभिर, डाविड मलान, सेफ अली जैब, अल्पेश रमजानी

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय