+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
10/0 (0.6)
Shares

उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिवर्तन गर्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १६:०९

५ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिमार्जन गर्न कार्यदल गठन गरेका छन् ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । अध्यक्ष अधिकारीका अनुसार कार्यदलमा १४ जना सदस्य छन् ।

‘वर्तमान र पूर्वभीसीहरू पनि कार्यदलमा हुनुहुन्छ,’ उनले भने ।

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने प्रावधान हटाउने विषय पनि यही विधेयकमा समावेश गर्ने तयारी छ ।

मन्त्रालयले सुरुमा उच्च शिक्षा विधेयक बनाएको थियो । विधेयक परिस्कृत गर्न कानुन आयोग पठाइएको थियो ।

कानुन आयोगबाट मापदण्ड विधेयक बनाउनेगरी मन्त्रालयमा आएको हो । अब यो विधेयकलाई विज्ञले थप परिस्कृत बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?