+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

प्रतिनिधिसभा चुनाव : धनुषा १ र ४ मा कांग्रेसबाट प्रत्यक्षतर्फ ६ जना सिफारिस  

धनुषा क्षेत्र नम्बर-१ बाट स्थानीय नेता दिलीप ढुंगाना, भोला पजियार र मेघनाथ यादवको नाम सिफारिस भएको कांग्रेसका धनुषा सभापति योगेन्द्र पजियारले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १५:१६

२६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा उम्मेदवारका लागि धनुषा क्षेत्र नम्बर १ र ४ बाट प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर-१ बाट स्थानीय नेता दिलीप ढुंगाना, भोला पजियार र मेघनाथ यादवको नाम सिफारिस भएको कांग्रेसका धनुषा सभापति योगेन्द्र पजियारले जानकारी दिए ।

यस्तै समानुपातिक तर्फ चार जनाको नाम सिफारिस भएको छ । मनोहर श्रेष्ठ, राजकिशोर सिंह, निलम साह र पुष्पलता लामाको नाम समानुपातिक तर्फ सिफारिस भएको हो ।

यो क्षेत्रमा २०७९ को चुनावमा जसपा नेपालका दिपक कार्कीले माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवलाई पराजित गर्दै जितेका थिए । त्यसअघि २०७९ सालको चुनावमा यादवले जितेका थिए ।

यस्तै धनुषा क्षेत्र नम्बर-४ बाट सहमहामन्त्री महेन्द्र यादव, जिल्ला सभापति योगेन्द्र पजियार र डा. चन्द्र मोहन यादवको नाम प्रत्यक्ष तर्फ सिफारिस भएको छ ।

समानुपातिक तर्फ भने यज्ञराज शर्मा समिर, कोमल झा, वीरेन्द्रकुमार सिंह, बासुलाल महतो, मोहनकुमार सिंह माथेमा, गुदर यादव, बजरंग यादव, रामवरण पासवान सिफारिस भएका छन् ।

यस्तै महिला तर्फ सरु लामा र भागवाना घिमिरेको नाम सिफारिस भएको सभापति पजियारले बताए ।

उनका अनुसार धनुषा क्षेत्र नम्बर-२ को उम्मेदवारको सिफारिस अझै हुन सकेको छैन ।

धनुषा क्षेत्र नम्बर ४ बाट २०७४ र २०७९ मा एमाले नेता रघुवीर महासेठ चुनाव जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?