+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
55/6 (13.6)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनौं : ओली

‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ,’ उनले भने।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १४:५९
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

२७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट भाग्छ भन्ने कसैलाई नसोच्न आग्रह गरेका छन् ।

शनिबार पार्टीको एघारौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने आफ्नो पार्टीको रहेको उनको भनाइ छ ।

‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ,’ उनले भने।

साथै, अहिले चुनाव हुँदैछ भनेर देशलाई अल्मल्याउन खोजेको जिकिर गरे ।

‘तर अहिले चुनाव हुँदै छ र ? होइन चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै भइरहेको छ, देशलाई अल्मल्याउनका लागि । त्यसैले हाम्रो अडान छ प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?