२७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जेनजीसँग गरेको सम्झौताले देशलाई गम्भीर भिडन्ततर्फ लाने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकार एकातिर निर्वाचनको हल्ला गर्ने र अर्कोतिर निर्वाचन बिथोल्ने काम गरिरहेको बताए ।
‘एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने । सरकार जेनजी सम्झौताजस्ता नाटकमञ्चन गरेर, यो विल्कुल नाटक हो, अनधिकृत हर्कत हो,’ ओलीले थप भने, ‘यो देशलाई भिडन्ततर्फ गम्भीर षड्यन्त्र हो । र यस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण गर्ने अनेक प्रपञ्चको यो सरकार जालो बुनिरहेको छ ।’
प्रतिक्रिया 4