+
+
Shares

ग्लोबल ट्रेन्डिङमा आएको ‘कश्मिरे पछ्यौरी’ लाई १० करोड भ्यूज

जतिबेला, टिकटकमाथिको फुकुवा हट्यो, त्यसपछि भने यसको लोकप्रियतामा उछाल आयो । टिकटकमा भाइरल मात्र बनेन, युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने सम्भवतः पहिलो नेपाली गीत बन्यो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १४:०९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कश्मिरे पछ्यौरी गीत १८ जनवरी २०२४ मा युट्युबमा रिलिज भएको थियो।
  • टिकटकमाथि प्रतिबन्ध हटेपछि यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको पहिलो नेपाली गीत बन्यो।
  • गीतले केही दिनअघि युट्युबमा १० करोड भ्यूजको उपलब्धि हासिल गरेको छ।

काठमाडौं । ‘कश्मिरे पछ्यौरी’ गीत रिलिज हुँदा नेपालमा टिकटकमाथि प्रतिबन्ध लागेको अवस्था थियो । रिलिजको बेला यसले सोचेजस्तो भ्यूज पाएन । धेरैलाई यो गीतबारे उति थाहा पनि भएन ।

जतिबेला, टिकटकमाथिको फुकुवा हट्यो, त्यसपछि भने यसको लोकप्रियतामा उछाल आयो । टिकटकमा भाइरल मात्र बनेन, युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने सम्भवतः पहिलो नेपाली गीत बन्यो ।

१८ जनवरी, २०२४ मा युट्युबमा रिलिज भएको यो गीतले युट्युबमा केही दिनअघि १० करोड भ्यूजको उपलब्धि हासिल गरेको छ ।

निश्चल दवाडीको शब्द तथा संगीत रहेको यो गीतमा बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर छ । गीतको अडियो पक्ष बलियो छ । सरल शब्द र लोकलयमा तयार गरिएको गीत मनछुने पनि छ । गीतको भिडियो पनि यसको आकर्षक पक्ष हो ।

भिडिओमा बाबुकृष्ण र केपिना गोतामेको अभिनय तथा नृत्य छ । मौसम हिमालीको कथा तथा निर्देशनमा भिडियो बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?