+
+
Shares

एमालेको नयाँ नेतृत्वका लागि चुनावी कार्यतालिका सार्वजनिक, १ गते मतदान

जस अनुसार, भोलि (सोमबार) बिहान ७ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । कार्यतालिका अनुसार, पर्सि (मंगलबार) बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १८:३८

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

जस अनुसार, भोलि (सोमबार) बिहान ७ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । कार्यतालिका अनुसार, पर्सि (मंगलबार) बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ ।

सोही दिन ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध, साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन, १० बजे दाबी विरोध उपर छानबिन हुनेछ ।

त्यस्तै, सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।

मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्ने कार्यतालिका छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।

त्यस्तै, पुस १ गते ११ देखि ५ बजेसम्म मतदान हुने कार्यतालिका तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?