२८ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन लम्बिने भएको छ । हिजोदेखि सुरु भएको महाधिवेशन २९ गतेसम्मका लागि तय भएको थियो ।
तर, महाधिवेशनको अवधि लम्बिने भएको हो ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, पुस १ गते दिउँसो ११ बजेबाट मतदान तय भएको छ ।
मतदान १ गतेलाई तोकिएसँगै महाधिवेशनको अवधि पनि लम्बिने देखिएको हो ।
यद्यपि नेताहरूले सहमतिको प्रयास भइरहेको बताएका छन् । हिजो भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आजबाट भृकुटिमण्डपमा बन्दसत्र सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4