+
+
Shares

भृकुटीमण्डपमा एमाले महाधिवेशनको चहलपहल (तस्वीरहरू)

एमालेमा नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर मैदानमा उत्रिएका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ मंसिर २९ गते १५:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको एघारौं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ जहाँ सोमबार नयाँ केन्द्रीय कमिटी चयनका लागि मनोनयन दर्ता भइरहेको छ।
  • महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएर मैदानमा उत्रिएका छन् र दुवै पक्षले विभिन्न पदका उम्मेदवार टुंगो लगाएका छन्।
  • एमालेले आगामी कार्यकालका लागि १९ पदाधिकारीको निर्वाचन गर्ने तयारी गरेको छ र मनोनयनको अन्तिम सूची साँझ ६:३० बजेसम्म सार्वजनिक गर्ने तालिका छ।

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

महाधिवेशनमा सोमबार पार्टीको नयाँ केन्द्रीय कमिटी चयनका मनोनयन दर्ता चलिरहेको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा नेता, कार्यकर्ताको ठूलो भीड लागेको छ ।

एमालेमा नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर मैदानमा उत्रिएका छन् ।

दुवै पक्षले उपाध्यक्ष, उपमहासचिव र सचिवका उम्मेदवार टुंगो लगाएका छन् ।

महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार चार सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । एमालेले थप १०८ जना प्रतिनिधि मनोनित गरेको छ ।

प्रतिनिधि हुन नपाएका नेता, कार्यकर्ता पनि महाधिवेशनस्थलमा भेला भएका छन् । मुलुकमा पछिल्लो विकसित घटनाक्रमले एमालेमा संस्थापन पक्ष रक्षात्मक र  ईश्वर पोखरेल नेतृत्वको इतर पक्ष नेतृत्व परिवर्तन र रुपान्तरणको एजेन्डासहित भिड्न लाग्दा यसले तल्लोपंक्तिसम्मै तरंग पैदा गरेको छ ।

नेताहरू आफ्नो पक्षमा माहोल बनाउन लगातार छलफल र भेटघाटमा व्यस्त छन् ।

एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ । पदाधिकारी सबै पदमा निर्वाचन हुने पक्का भएको छ ।

अहिले विभिन्न पदमा आकांक्षिले मनोनयन दर्ता गराइरहेका छन् । मनोनयनको अन्तिम सूची आजै साँझ ६:३० बजेसम्म सार्वजनिक गर्ने निर्वाचन तालिका छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?