२९ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यसअघि पनि उनी उपाध्यक्ष नै थिए । ११औं महाधिवेशनमा पनि उपाध्यक्षमा नै उम्मेदवारी दिएका हुन् ।
१०औं महाधिवेशनमा उनी केपी शर्मा ओली प्यानलबाट उपाध्यक्ष बनेका थिए । यसपटक पनि उनी ओली प्यानलबाटै उपाध्यक्षमा उम्मेदवार बनेका छन् ।
तर, उनी आफूले आफ्नो इच्छाले उम्मेदवारी दर्ता गरेका बताउँछन् ।
उम्मेदवारी दर्तापति पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘पहिले पनि र अहिले पन आफ्नो इच्छाले उम्मेदवारी दर्ता गरेको हुँ ।’
नेता बादल पूर्वमाओवादी नेता हुन् । नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र मिलेर २०७५ जेठमा नेपाल कम्युनिस्ट पार्टी बनेको थियो ।
तर, नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले २०७७ फागुनमा दुवै दलको एकता भंग गरिदिएको थियो । त्यसपछि एमाले र माओवादी केन्द्र ब्युतिए । तर, बादल सहितका नेताहरू भने एमालेमै रहे ।
१०औं महाधिवेशनमा उपाध्यक्ष भए । यसपटक पनि उपाध्यक्षकै उम्मेदवार भएका छन् । सहमतिको प्रयास जारी रहेको र सहमति जुट्न नसकेका कारण निर्वाचन हुने वातावरण बन्न पुगेको पनि उनले बताए ।
‘सहमतिमा पुग्न सकिएन त्यसकारण अब प्रतिस्पर्धामा जाने र आफ्नो श्रेष्ठता सावित गर्ने भन्ने भएको हो,’ उनले भने ।
नेता वादलाई पत्रकारहरूले ‘१०औं महाधिवेशनमा पूर्वमाओवादीलाई सहज भएको तर, अहिले गाह्रो रहेको भन्छन् । कत्तिको गाह्रो महसुस भएको छ ?’ भनेर पनि सोधेका छन् ।
यसमा नेता थापाको जवाफ छ, ‘त्यस्तो केही महसुस गरेको छैन । अघिल्लो पटक पनि त्यस्तो महसुस थिएन । अहिले पनि त्यस्तो महसुस छैन । मलाई लाग्छ– यो प्रतिस्पर्धामा म विजयी हुन्छु ।’
प्रतिक्रिया 4