+
+
Shares

यी हुन् सन् २०२५ मा युट्युबमा धेरै हेरिने १० नेपाली गीत, दुर्गेशका दुई गीत सूचीमा

युट्युबमा यसवर्ष धेरै हेरिने गीतको शीर्ष १० को सूची तयार भैसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२५ मा युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली गीत दुर्गेश थापाको 'दुश्मन हेरेको हेर्‍यै' हो जसलाई १४ करोड ७४ लाख पटक हेरिएको छ।
  • दुर्गेश थापाका दुई गीत शीर्ष १० मा छन् भने अन्य गीतहरूमा 'मकैबारी दर्‍याम दर्‍याम' र 'राधा' समावेश छन्।
  • सन् २०२५ मा रिलिज भएका गीतहरूको युट्युब भ्यूजमा ठूलो परिवर्तन नहुने अनुमान गरिएको छ।

काठमाडौं । सन् २०२५ मा युट्युब प्लाटफर्ममा विविध जनराका गीतको वर्चस्व देखिएको छ । भाइरलदेखि फिल्मका गीतले शीर्ष १० को सूचीमा स्थान बनाएका छन् ।

वर्ष सकिन अझै दुई साता बाँकी रहेकाले सूचीमा केही थपघट हुनसक्ला तर, लगभग युट्युबमा यसवर्ष धेरै हेरिने गीतको शीर्ष १० को सूची तयार भैसकेको छ ।

शीर्ष स्थानमा कुन गीत छ भन्ने कुरा तपाईंले यकिन गरिसक्नु भएको होला । अवश्य पनि दुर्गेश थापाको बहुचर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ गीत ! यो गीत ३० डिसेम्बर, २०२४ मा रिलिज भएपनि यसको गणना सन् २०२५ मा हुनेछ ।

दुर्गेशका दुई गीत शीर्ष १० मा अटाएका छन् । हेर्नूस युट्युबमा सन् २०२५ मा सर्वाधिक हेरिने नेपाली गीतको सूची :

१) दुश्मन हेरेको हेर्‍यै- १४ करोड ७४ लाख

२) मकैबारी दर्‍याम दर्‍याम- ४ करोड ९० लाख

३) राधा, स्वप्न सुमन ३ करोड ८१ लाख

४) काफ्ले- ३ करोड ३४ लाख

५) पुतली, आशिष अविरल- ३ करोड ७ लाख

६) जुन हेरी, वाङ्देन शेर्पा- ३ करोड २८ हजार

७) आन्टी लभर- २ करोड ६५ लाख

८) न्याउली बनैमा- २ करोड ६४ लाख

९) जाने भए जाम माया- २ करोड ४९ लाख

१०) सरर सरर, केहरसिंह लिम्बु- २ करोड २९ लाख

केहरसिंह लिम्बुको दशौं स्थानमा रहेको गीत ‘सरर सरर’ लाई भ्यूजमा ‘फेरि जालमा’ (२ करोड २५ लाख) र प्रकाश दूतराजको ‘छैन र माया’ (२ करोड २२ लाख) ले चुनौती दिएका छन् । वर्षको समाप्तीसम्म यो अंकमा केही हेरफेर हुनसक्ने अनुमान छ ।

सारिका घिमिरेको गीत ‘गुन भुलेऊ’ लाई २० मिलियन, स्वर ब्याण्डको ‘म मरेपनि’ लाई १९ मिलियन र ‘अच्छा लिकिन लण्डनको’ तथा खेम सेन्चुरीको ‘लालाजी’ गीतलाई १७ मिलियन पटक हेरिएको छ ।

पानको पसल १६ मिलियन, झलिकोलाई १४ मिलियन, पोखरा पृथ्वीचोकैमालाई १४ मिलियन पटक हेरिएको छ । अपवादबाहेक, सन् २०२५ मा रिलिज भएकामध्ये धेरै हेरिने युट्युब गीतको यो सूचीमा खासै ठूलो फेरबदल हुने देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?