+
+
Shares

कांग्रेसले २४ घण्टाभित्रै क्रमसंख्यासहितको फारम जिल्ला पठाउने

नेपाली कांग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घण्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम जिल्ला-जिल्लामा पठाउने निर्णय गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १८:२३
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घण्टाभित्र क्रमसंख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम जिल्ला-जिल्लामा पठाउने निर्णय गरेको छ।

मंगलबार बसेको समितिको बैठकले सदस्यताको फाराम क्रमसंख्यासहितकै उपलब्ध गराउने निर्णय गरेको सदस्य प्रकाश रसाइली ‘स्नेही’ले अनलाइनखबरलाई जानकारी दिए ।

‘आज समितिको बैठक बस्यौँ । बैठकले क्रमसंख्या नभएका फारम जिल्लामा पठाएको भनेर विवाद भएपछि त्यसबारे निर्णय गर्‍यौँ,’ उनले भने, ‘विवाद समाधानका लागि क्रमसंख्या भएको फारम जिल्लामा पठाउन आज (मंगलबार) बिहानै प्रेसमा फाराम पठाइसकेका छौँ । फाराम २४ घण्टाभित्रै जिल्लामा पठाउने निर्णय भएको छ ।’

रसाइलीका अनुसार समितिले आज पार्टीको निर्वाचन समितिका संयोजक खम्ब खातीसँग पनि छलफल गरेको थियो । छलफल विदेशस्थित जनसम्पर्क समितिको सदस्यता फारम अनलाइनमार्फत भर्न पुस ५ गतेसम्मका लागि खुला गर्नुपर्ने विषयमा केन्द्रित रहेको उनको भनाइ थियो।

समितिकी सदस्य सीता गुरुङले पनि नयाँ फारमहरू छपाएर जिल्ला पठाउने निर्णय भएको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?