News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता विमलेन्द्र निधिमाथि पार्टी केन्द्रीय कार्यालय परिसरमै भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन्।
- महामन्त्री शर्माले केन्द्रीय कार्यालयमा विशेष बैठक चलिरहेका बेला मिडियाबाहेक अन्यलाई प्रवेशमा रोक लगाउनु पार्टीको पुरानै परम्परा भएको प्रष्टीकरण दिएका छन्।
- शर्माले राजनीतिमा समर्थन र विरोध स्वाभाविक भए पनि निश्चित मर्यादाको सीमा नाघ्न नहुनेमा जोड दिएका छन्।
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता विमलेन्द्र निधिमाथि पार्टी केन्द्रीय कार्यालय परिसरमै भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महामन्त्री शर्माले केन्द्रीय कार्यालयमा विशेष बैठक चलिरहेका बेला मिडियाबाहेक अन्यलाई प्रवेशमा रोक लगाउनु पार्टीको पुरानै परम्परा भएको प्रष्टीकरण दिएका छन् ।
राष्ट्रिय सभाको उम्मेदवारी चयनसम्बन्धी बैठकका कारण कार्यालय प्रवेशमा कडाइ गरिएको भन्दै महामन्त्री शर्माले केही नेताकार्यकर्ताले त्यसलाई नबुझ्दा अनावश्यक समस्या उत्पन्न बताएका छन् ।
महामन्त्री शर्माले राजनीतिमा समर्थन र विरोध स्वाभाविक भए पनि त्यसले निश्चित मर्यादाको सीमा नाघ्न नहुनेमा जोड दिएका छन् ।
‘ कुनैपनि नेतासँग कसैको पनि समर्थन र विरोधको सम्बन्ध हुनसक्दछ ितर त्यो निश्चित मर्यादाको दायरामा रहनुपर्छ िसमर्थन गरिरहँदा देवत्वकरण गर्ने अनि विरोध गरिरहँदा अप्रिय टिप्पणी गर्ने कार्य हाम्रो राजनीतिको दु:खद र गलत पाटो हो,’ शर्माले लेखेका छन् ।
निधि कार्यालय प्रवेश गर्ने क्रममा भएको व्यवहार ‘पूर्णत: गलत भएको शर्माको ठहर छ ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले प्रदर्शन गरिरहँदा उपसभापति निधिले विशेष महाधिवेशन आवश्यक नभएको बताएका थिए ।
निधिले विशेष महाधिवेशनको औचित्य नभएको बताएपछि केही नेता कार्यकर्तासँग नोकझोक परेको थियो ।
महामन्त्री शर्माले राजनीतिमा सहमति–असहमति, समर्थन–विरोध स्वाभाविक भए पनि संयम र परिपक्वता सबैभन्दा महत्त्वपूर्ण हुने भन्दै आत्मसात गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4