+

नेपाली क्रिकेट टिमले श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेल्दै

२०८२ माघ  ६ गते ११:३६ २०८२ माघ ६ गते ११:३६
नेपाली क्रिकेट टिमले श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष क्रिकेट टोलीले ६ माघमा श्रीलंका 'ए' सँग पहिलो अभ्यास टी-२० खेल खेल्दैछ।
  • नेपालले श्रीलंकामा थप २ टी-२० खेल खेल्ने र त्यसपछि भारतमा तीन अभ्यास खेल खेल्ने तालिका छ।
  • टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ र नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग पहिलो खेल खेल्नेछ।

६ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले आज श्रीलंका ‘ए’ सँग पहिलो अभ्यास टी-२० खेल खेल्दैछ ।

अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली र श्रीलंका ‘ए’ बीचको खेल श्रीलंका ल्यान्ड डेभलपमेन्ट कर्पोरेशन मैदानमा दिउँसो सवा २ बजेदेखि सुरु हुनेछ ।

नेपालले यसपछि थप २ टी-२० खेल पनि खेल्नेछ । त्यसपछि टोली भारत जानेछ । भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास टी-२० खेल हुने तालिका छ ।

टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय