+
+
Shares

स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई बेनी हाइड्रोपावरको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेनी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ निष्कासन गरेको छ।
  • कम्पनीले १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गरेको छ।
  • स्थानीयले चैत १५ देखि ३० गतेसम्म र वैदेशिक रोजगारमा रहेकाले चैत ५ देखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्।

१ चैत, काठमाडौं । बेनी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्दैछ । जसमध्ये १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि निष्कासन हुन लागेको हो । बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

अति प्रभावित क्षेत्रका रुपमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का स्थानीयबासीका लागि ५ लाख २० हजार कित्ता तथा सुलुदुधकुण्ड नगरपालिका ५, ६, ७ र ११ का स्थानीयका लागि ३ लाख १२ हजार कित्ता र सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थानीयबासीका लागि २ लाख ८ हजार कित्ता सेयर निष्कासन भएको छ ।

स्थानीयले सल्लेरीस्थित एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई १ लाख ४ हजार कित्ता सेयर निष्कासन गर्न लागिएको छ । आईपीओमा दुवै पक्षले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रभावित स्थानीयले छिटोमा चैत १५ गते तथा ढिलोमा ३० गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेकाले छिटोमा चैत ५ गते र ढिलोमा १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले बीबी प्लस रेटिङ प्रदान गरेको छ। यस कम्पनीले १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजना निर्माण गरेको छ । यसको प्रतिमेगावाट लागत १९ करोड ४७ लाख रुपैयाँ अनुमान गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?