News Summary
Generated by OK AI. Editorially reviewed.- जावलाखेल युथ क्लबले राष्ट्रिय लिग फुटबलमा कांक्रेविहार क्लबलाई ४-१ ले पराजित गरेको छ।
- निकोलस ह्यामिल्टनका दुई गोल मदतमा जावलाखेलले पुनरागमन जित हासिल गरेको हो ।
- राष्ट्रिय लिगमा आज चित्लाङ एफसी र एपीएफ एफसी तथा चर्च ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लबबीच खेल हुँदैछ ।
१ चैत, काठमाडौं । निकोलस ह्यामिल्टनको दुई गोल मदतमा जावलाखेल युथ क्लबले राष्ट्रिय लिग फुटबलमा आइतबार सुर्खेतको कांक्रेविहार क्लबलाई ४-१ ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कांक्रेविहारले सुरुवाती अग्रता लिएपनि जावलाखेलले पुनरागमन जित हासिल गरेको हो ।
दिपेन्द्र चुनाराले खेलको छैटौं मिनेटमै गोल गर्दै कांक्रेविहारलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । जावलाखेलका बाउबाकर सिसिखोले १६औं मिनेटमा बराबरी गोल फर्काए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएपछि जावलाखेलले दोस्रो हाफमा तीन गोल गर्यो । निकोलस ह्यामिल्टनले ५०औं र इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे । बिकास दर्लामी मगरले ६४औं मिनेटमा गोल गरे ।
राष्ट्रिय लिगमा जावलाखेलको यो तेस्रो जित हो । जितपछि जावलाखेल १० खेलबाट १३ अंक जोड्दै आठौं स्थानमा उक्लेको छ ।
कांक्रेविहारको यो १० खेलमा नवौँ हार हो । १ अंक मात्र रहेको कांक्रेविहार १६औं स्थानमै यथावत छ ।
राष्ट्रिय लिग अन्तर्गत नै आज थप दुई खेल हुँदैछ । चित्लाङ एफसी र एपीएफ एफसीबीच दिउसो २ बजे एन्फा कम्प्लेक्समै खेल हुनेछ । हाल दोस्रो स्थानमा रहेको एपीएफला२ यो खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर छ ।
यस्तै चर्च ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लबबीच साँझ ६ बजे दशरथ रंगशालमा खेल हुनेछ ।
प्रतिक्रिया 4