News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ थारु क्लस्टरमा ३ महिला र ३ पुरुष गरी ६ जना उम्मेदवार पेस गरेको छ।
- रास्वपाबाट ५७ समानुपातिक सांसद हुनेछन्, जसमा ४८ महिला र ९ पुरुष छन्।
- थारु क्लस्टरबाट ४ जना प्रतिनिधिसभा सदस्य हुनेछन्, जसमा ३ महिला र १ पुरुष छन्।
१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फ बन्दसूची थारू क्लस्टरमा रहेका छ मध्ये चार जना प्रतिनिधिसभा सदस्य हुने भएका छन् ।
रास्वपाले निर्वाचन आयोगमा बन्द सूची पेस गर्दा थारू क्लस्टरमा पुरुष र महिला ३/३ जना नाम समावेश गरेको छ । पुरुषबाट सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी, गोविन्द बहादुर थारु छन् भने महिलाबाट गीता चौधरी, उर्मिला चौधरी र करिष्मा कठरिया उम्मेदवार छन् ।
रास्वपाबाट ५७ समानुपातिकबाट प्रतिनिधि सभा सदस्य हुँदैछन् । जसमध्ये ४८ जना महिला र ९ जना पुरुष रास्वपाले छनोट गरेको छ । सदनमा ३३ प्रतिशत महिला अनिवार्य पुर्याउनु पर्ने हुँदा समानुपातिकबाट पुरुषभन्दा महिला उम्मेदवार बढी छनोट भएका छन् । थारु क्लष्टरबाट तीन महिला पर्नेछन् भने पुरुषबाट एकजनाले प्रतिनिधि सभा सदस्य हुने अवसर प्राप्त गर्नेछन् ।
खस आर्यबाट १७, जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिमबाट ३ जना निर्वाचितको सूची रास्वपाले निर्वाचन आयोगलाई बुझाउने भएको छ ।
प्रतिक्रिया 4