+
+
Shares

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १४:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको कन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा जारी छ।
  • बैठकले समानुपातिकतर्फका चार प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाउने तयारी गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।
  • निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेपछि दलहरूले समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले राप्रपाले आजै नाम सिफारिस गर्नेछ।

१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । बैठक पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा चलिरहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

बैठकले समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाउने उनले जानकारी दिए ।

‘पार्टीले प्राप्त गरेको ४ सिटमा केहीबेरमा समानुपातिक बन्दसुचीबाट छानेर नाम सिफारिस गर्नेछौं, छलफल जारी छ,’ उनले भनेका छन् ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेपछि दलहरूले समानुपातिकतर्फका सांसदको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले राप्रपाले आजै नाम टुंगो लगाउने तयारी हो ।

प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ४ सिट पाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?