+
+
Shares

सरकारले भन्यो- जेनजी आन्दोलनको प्रतिवेदनबारे विस्तृत भोलि आउँछ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक हुने बताएको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भोलि प्रतिवेदन विस्तृत आउने बताएका छन्।
  • प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको छ।

१ चैत, काठमाडौं । सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक हुने बताएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले भोलि (सोमबार) विस्तृत आउने बताएका हुन् ।

‘प्रतिवेदन अध्ययन गर्नेगरी नेपाल सरकार मन्त्रिपरिषद्ले ग्रहण गर्ने, अहिले भएको निर्णय यत्ति हो । यो भित्र सबै चिज पर्छ,’ सञ्चारकर्मीको जिज्ञासा मेटाउँदै अर्यालले भने, ‘यसको विस्तृत चाहिँ भोलि आउँछ । यति बुझ्नुस् न अहिले ।’

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनबारे मन्त्रिपरिषद्मा आइतबार छलफल भएको थियो ।

उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायतलाई फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

उक्त प्रतिवेदन पूर्ण सार्वजनिक गर्न भन्दै दबाब बढिरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?