News Summary
Generated by OK AI. Editorially reviewed.- नथिङ स्मार्टफोनलाई चौधरी समूह अन्तर्गतको सीजी मोबाइल्सले नेपाली बजारमा आयात तथा बिक्री वितरण गर्दै आएको छ।
- नथिङले आफ्नो प्रिमियम स्मार्टफोन सिरिज ‘फोर ए’ तीन भेरियन्ट र चार रंग विकल्पमा नेपाली बजारमा ल्याएको छ।
- फोर ए सिरिजको सुरुवाती मूल्य ५५ हजार ९ सय ९९ रुपैयाँ राखिएको छ र सुरुका ग्राहकलाई ८ हजार ९ सय ९९ रुपैयाँ मूल्यको सीएमएफ वड्स टु ए प्लस निःशुल्क दिइनेछ।
२ चैत, काठमाडौं । नथिङ स्मार्टफोनले नेपाली बजारमा बलियो पकड बनाउँदै लगेको छ । नथिङलाई नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सीजी मोबाइल्सले आयात तथा बिक्री वितरण गर्दै आएको छ ।
नथिङले आफ्नो प्रिमियम स्मार्टफोन सिरिज ‘फोर ए’ हालै विश्व बजारमा ल्यायो । जुन अहिले नेपाली बजारमा आएको छ । तीन भेरियन्टमा फोन बजारमा उपलब्ध छ । ८ जिबी र्यामसँग १२८ जीबी स्टोरेज, ८ जीबी र्यामसँग २५६ जीबी स्टोरेज र १२ जीबी र्यामसँग २५६ जीबी स्टोरेजका भेरियन्ट बजारमा छन् ।
ह्वाइट, ब्ल्याक, ब्लु र पिङ्क गरी चार भिन्न कलर अप्सनमा नेपाली बजारमा फोन भित्रिएको छ । ‘नथिङका उत्पादन अत्यन्त प्रिमियम छन्’, सीजी मोबाइल्सका महाप्रबन्धक विनय जोशीले भने ।
५५ हजार ९ सय ९९ रुपैयाँ यसको सुरुवाती मूल्य तोकिएको छ । सुरुका ग्राहकलाई नथिङले ८ हजार ९ सय ९९ रुपैयाँ मूल्यको सीएमएफ वड्स टु ए प्लस निःशुल्क प्रदान गर्ने जनाएको छ ।
नथिङले यसपटक आफ्नो फोर ए सिरिजलाई पूर्णतया क्यामेरा सेन्ट्रिक बनाएको छ । ७० एक्स अल्ट्रा जुम सहितको थ्री क्यामेरा सेटअप भएको यो स्मार्टफोन सेग्मेन्टकै सबैभन्दा उत्कृष्ट क्यामेरा सेटअप रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया 4