+
+
Shares

निर्वाचन आयुक्त जबरालाई ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक’ सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १८:४०

४ चैत, काठमाडौं । ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान’ बाट निर्वाचन आयुक्त सगुनप्रसाद जबरा सम्माानित भएका छन् ।

भुतपूर्व सैनिकहरूको योगदानको कदर गर्दै नेपाली सेनाले हरेक वर्ष पूर्वसैनिकहरू मध्येबाट एक जनालाई सर्वोत्कृष्ट सैनिक सम्मान प्रदान गर्दे आएको छ ।

उनलाई घोडेजात्राको अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान गरेका हुन् ।

जबराले ३० वर्ष नेपाली सेनामा योगदान गरेका जबरा महासेनानी दर्जाबाट अवकास भएक थिए ।

जबराले आफ्नो सेवाकालमा तथा निवृत्तिपछि पनि राष्ट्रप्रति समर्पित रहँदै समाजमा महत्वपूर्ण योगदान पुर्‍याएको, अनुशासन, नेतृत्व तथा सेवाभावमा उदाहरणीय भुमिका निर्वाह गरेको आधारमा सम्मानित गरिएको सेनाले जनाएको छ ।

यस्तो सम्मानमार्फत भूतपूर्व सैनिकहरूको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्य लिएको सेनाको सचिवालयले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?