News Summary
Generated by OK AI. Editorially reviewed.- टाइम्स इन्टरनेसनल क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ मा रोयललाई पराजित गर्दै लगातार पाँचौं जित हात पारेको छ।
- लिगमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टिम प्लेअफमा प्रवेश गर्नेछन्, जसमा विजेताले नगद ४ लाख पुरस्कार पाउनेछन्।
- प्रतियोगितामा मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) लाई पनि पुरस्कार दिइने नेबाले जनाएको छ।
७ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स इन्टरनेसनल क्लबले पाँचौं जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शनिबार भएको खेलमा टाइम्सले रोयल्सलाई ९५-६१ ले पराजित गरेको हो ।
लिगमा टाइम्सको यो लगातार पाँचाैं जित हो । पहिलो खेलमै गोल्डेनगेटसँग पराजित भएको टाइम्सले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित हात पारेको हो ।
६ खेलबाट टाइम्सले ११ अंक जोडेको छ । रोयलको यो पाँचाै हार हो । ६ खेलबाट रोयलको ७ अंक छ ।
टाइम्सले चारै क्वाटरमा अग्रता लिने क्रममा २९-१७,१७-१४, २५-१८, २४-१२ को प्रदर्शन गर्यो । टाइम्सका कप्तान सदिह प्रधानले सर्वाधिक २४ अंक स्कोर गरे ।
शुक्रबार राति भएको खेलमा आर्मीले प्लेबक्स एरेनालाई १०२-८६ ले हरायो ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।
यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।
प्रतिक्रिया 4