+
इंग्लिस प्रिमियर लिग :

वेलबेकको दुई गोलमा ब्राइटनले लिभरपुललाई हरायो

२०८२ चैत  ७ गते २०:३० २०८२ चैत ७ गते २०:३०
वेलबेकको दुई गोलमा ब्राइटनले लिभरपुललाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फरवार्ड ड्यानी वेलबेकले दुई गोल गरेपछि ब्राइटनले लिभरपुललाई पराजित गरेको छ।
  • ब्राइटनले ३१ खेलमा ४३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ भने लिभरपुल ४९ अंकसहित पाँचौं स्थानमै छ।
  • लिभरपुलका मिलोस केर्केजले बराबरी गोल फर्काए।

७ चैत, काठमाडौं । फरवार्ड ड्यानी वेलबेकले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्न खेलमा ब्राइटनले लिभरपुललाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा ब्राइटनले लिभरपुललाई २-१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलका मिलोस केर्केजले गरेको गोल पर्याप्त भएन ।

वेलबेकले १४औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा केर्केजले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको ५६औं मिनेटमा वेलबेकले दोस्रो गोल गर्दै घरेलु टोलीलाई फेरि अग्रतामा ल्याए । त्यसपछि थप गोल भएनन् र ब्राइटन विजयी भयो ।

जितपछि ब्राइटन ३१ खेलमा ४३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित लिभरपुल ४९ अंकका साथ पाँचौं स्थानमै यथावत् छ ।

इंग्लिस प्रिमियर लिग ड्यानी वेलबेक ब्राइटन लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय