+
+
Shares

इनिशा विकको घटनामा तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ : आईजीपी कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन्।
  • कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्क भइरहेको र दोषीलाई कारवाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाइ हुने प्रतिवद्धता जनाएका छन्।
  • उनले सबै नागरिकले बराबरको हक अधिकार पाउनुपर्ने र विभेदविरुद्ध कानून बमोजिम अघि बढ्ने बताए।

७ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरश: पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका हुन् ।

‘सुर्खेत वा कुनै पनि घटनामा हामीले कानुनलाई अक्षरस पालना गर्दै तथ्य र प्रमाणका आधारमा काम गर्नुपर्ने हुन्छ । हामीले सुर्खेत वा अरु ठाउँ भन्दा पनि पीडितको इन्गेजमेन्टलाई हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘निरन्तरको आवाजको सुनुवाइ हुनुपर्छ भनेका छौं । कानुनका विषयवस्तु राख्दै तथ्य र प्रमाणमा आधारमा अनुसन्धान हुन्छ ।’

कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्क भइरहेको र दोषीलाई कारवाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाइ हुने प्रतिवद्धता जनाए ।

अनुसन्धानका लागि पर्याप्त रुपमा परिचालन गरिएकाले छिटै उक्त घटनाको निष्कर्ष बाहिर आउने उनको भनाइ छ ।

त्यस्तै प्रहरी महानिरीक्षक कार्कीले सवै नागरिकले बराबरको हक अधिकार प्राप्त गर्नुपर्ने भन्दै सबै किसिमको विभेदका विरुद्ध कानून बमोजिम अघि बढ्ने समेत बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?