News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनाएको थियो।
- बागमती प्रदेशले १७औं ओभरमा ४ विकेट गुमाएर १०० रन जोड्दै २७२ रनको लक्ष्य पछ्याइरहेको छ।
- आसिफ शेखले १०५ बलमा ११४ रन बनाए भने रिजन ढकालले ४ विकेट लिए।
८ चैत, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार पनि दुई खेल भइरहेका छन् । माथिल्लो मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ ।
अहिले बागमती प्रदेशले २७२ रनको लक्ष्य पछ्याइरहेको छ । १७औं ओभरको खेल चलिरहँदा बागमतीले ४ विकेट गुमाइसकेको छ भने १०० रन जोडेको छ ।
खेलमा एपीएफले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । आसिफ शेखको शतक र सन्दीप जोराको अर्धशतक मद्दतमा एपीएफले ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनाएको थियो ।
आसिफले १०५ बलमा १४ चौका र ३ छक्कासहित ११४ रन बनाए भने जोराले ५२ रन बनाए ।
बागमतीका रिजन ढकालले ४ विकेट लिए भने इशान पान्डेले २, कप्तान सन्दीप लामिछाने र सोनु देवकोटाले १-१ विकेट लिए ।
तस्वीरहरू







प्रतिक्रिया 4